सैनामैना खानेपानी निर्वाचन: एक बहादुर क्षेत्रीको अग्रता कायमै

विमल गैरे, सैनामैना ।
रुपन्देहीकोे सैनामैना–१ बनकट्टामा रहेको सैनामैना खानेपानी तथा उपभोक्ता सस्थाको अध्यक्ष पदमा स्वतन्त्र समावेशी तर्फका उम्मेद्वार एक वहादुर क्षेत्रीले ४३५ मत सहित सुरुवाती देखीनै अग्रता कायम गर्नुभएको छ । उहालाई लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार नारायण प्रसाद पाण्डेले ३९८ मत सहित पच्छाइ रहनुभएको छ । क्षेत्री र पाण्डे विचको मतान्तर ३७ रहेको छ ।

त्यस्तै प्रगतिशिल समुहका नारायण थापाको ३११ र स्वतन्त्र प्यानलका रेशम खाणले १५९ मत पाएका छन् ।
सैनामैना खानेपानीमा २ हजार ४ सय मत खसेको छ । यो समाचार तयार पार्दा सम्म १ हजार ४ सय ८ मत गणना भएको छ । ४६ मत बदर भएका छन् । अव ९४६ गन्न बाकी रहेको छ ।

May be an image of floor plan, blueprint and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation