
अनिता चौधरी, सैनामैना ।
“सैनामैना लुम्बिनी क्षेत्रको विकासमा हाम्रो प्रतिबद्धता, पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा हाम्रो सहभागिता“ भन्ने मुल उद्देश्यका साथ स्थापित सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको शुभकामना अदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैना होटल व्यवसायीले सैनामैनामा रहेका ऐतिहासिक, पुरातत्विक स्थालको पहिचान र प्रचारप्रसार गरी पर्यटकीय प्रबद्र्धन गर्न जरुरी रहेको बताउनुभयो । पश्चिमको पशुपति भनेर परिचित सैनामैनाकै गौरव धार्मिक पर्यटन स्थाल पर्रोहा बोलबम धामलाई बुद्ध जन्मस्थाल लुम्बिनीमा आउने बौद्धमार्गी (धामिर्क पर्यटन)लाई सैनामैनासँग जोड्दै पर्यटन प्रवद्र्धन गर्न योजनाबद्ध तारिकाले अघि बढ्न आग्रह गर्नुभयो । उहाँले सैनामैनामा आउने पर्यटकलाई होटल व्यवसायीहरुले सैनामैनालाई ब्राण्डिङ्ग गर्ने खालको परम्परागत नयाँ परिकार र गुणस्तरीय सेवातर्फ पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो । साथै सैनामैनाको विकासमा निजी क्षेत्रको साथ सहकार्य र एकता जरुरी रहेको भन्दै पर्यटन क्षेत्रको विकास लागि कार्य योजना बनाएर नगरपालिका काम गर्न सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष झविन्द्र पोख्रेलले पर्यटनको क्षेत्रको विकास विना मुलुकको आर्थिक समृद्धि नहुने भन्दै पर्यटन व्यवसायीले गरेको लगानीको सुरक्षाका लागि राज्यपक्ष गम्भिर भएर पर्यटन निति बनाउनुपर्ने बताउनुभयो । सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्र बहादुर कार्कीले आन्तरिक पर्यटन नै पर्यटनको प्रमुख माध्यम बनाउन पर्यटन व्यवसायीले ध्यान दिनुपर्ने जोड दिनुभयो साथै सरकारले पनि पर्यटनमैत्री नीति ल्याएर पर्यटन प्रबद्र्धन गरी आर्थिक समृद्धि तर्फ लाग्नुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रम होटल व्यवसायी संघ नेपालका केन्द्रिय सचिव नारायाण सेन, नेपाली काँग्रेस सैनामैना नगरसभापति रण बहादुर खनाल, नेकपा माओवादी सैनामैना नगर अध्यक्ष मान बहादुर महत, राष्टिय स्वतन्त्र पाटी सैनामैना नगर सभापति राज बहादुर क्षेत्री लगायतले बोल्दै पर्यटन व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिदैँ सैनामैनाको पहिचान र पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।
सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष झविन्द्र पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सहसचिव एंव क्यालेन्डर प्रकाशन समितिका संयोजक पुण्य प्रसाद भट्टराईको स्वागत संस्था प्रमुख संरक्षक ढुण्डीराज न्यौपानेको धन्यवाद ज्ञापन तथा महासचिव गोविन्द खरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले स्थापनाकालदेखि व्यवसायीक हकहित, एकता तथा यस क्षेत्रको पर्यटन प्रवद्र्धनको विकासमा काम गर्दै आएको छ ।