टिकट होइन, उपहारको भण्डार: प्रथम कपिलवस्तु व्यापार मेला ल्याउँदै फरक अनुभव

विमल गैरे, सैनामैना ।

राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण भन्ने मूल नाराका साथ ‘प्रथम कपिलवस्तु व्यापार मेला, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी – २०८२’ यही मंसिर ५ गतेदेखि १७ गतेसम्म बाणगंगा-८ बोडगाउँस्थित मायादेवी रङ्गशालामा आयोजना हुँदैछ।

उद्योग व्यापार संघ, कपिलवस्तुको आयोजनामा हुन लागेको यो मेला साधारण व्यापार मेला मात्र नभई उपहार र अनुभव दुबैको संगम बन्ने संघका अध्यक्ष तथा मेला मुल आयोजक समिति संयोजक खिमानन्द पौडेल कपिलले बताउनुभयो ।

पौडेलले भन्नुभयो दर्शकले मात्र १०० रूपैयाँको टिकट किन्दा नै गाय छाप सर्फ (पाउडर) रु. १०० मूल्य बराबरको निःशुल्क पाउनेछन्। त्यति मात्र होइन, हरेक दिनको टिकटबाट लक्की ड्रमार्फत एक जनाले साइकिल उपहार पाउने अवसर पनि रहनेछ।

यस्तै मेला अवलोकन गर्न आउने सबै दर्शकका लागि फ्री कफी र स्वास्थ्य परीक्षणको सुविधा पनि उपलब्ध गराइनेछ।

आयोजकका अनुसार, यो मेला अन्य स्थानका साधारण प्रदर्शनभन्दा पूरै फरक स्वाद र आकर्षणले भरिएको हुनेछ — जसले व्यापार, कृषि र पर्यटन क्षेत्रलाई एकै प्लेटफर्ममा जोड्ने लक्ष्य लिएको छ।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation