
अर्घाखाँची। भूमिकास्थान नगरपालिका–०८ मदिनडाँडामा आयोजना हुन लागेको खुल्ला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। महादेव फार्मेसी धारापानी, अर्घाखाँचीको आयोजनामा हुने प्रतियोगिता भोलि जेठ २३ गतेबाट सुरु हुँदैछ।
प्रतियोगितामा विभिन्न स्थानका टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। खेल मैदानको व्यवस्थापन, खेल सामग्री, रेफ्री तथा आवश्यक प्राविधिक तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु ५० हजार, द्वितीयले रु ३० हजार, तृतीयले रु २० हजार तथा सान्त्वना हुने टोलीले रु १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्दै स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। आयोजकले सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी तथा दर्शकलाई प्रतियोगिता अवलोकन गरी सफल बनाउन अनुरोध गरेको छ। प्रतियोगिता उपकार अनलाईनको यूट्युवबाट हेर्न सकिने छ ।https://www.youtube.com/@UpakarOnlineTV












