वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

वाणगंगा  । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ वाणगंगा नगरपालिका वडा न ८ को आयोजनामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । ६ वटा टिमको सहभागिता रहेको फुटबल प्रतियोगिता आज बाणगंगा नगरपालिका वडा नं. ८मा रहेको मायादेवी रंगशाला खेल मैदानमा कार्यक्रमका प्रमुख अतिथि वडा न ८का वडा अध्यक्ष बाबुराम अर्यालले वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् ।
विभिन्न स्तरका खेल प्रतियोगिता सञ्चालन गरेर बाणगंगामा उत्कृष्ट खेलाडी उत्पादन गर्न वडाले सधै साथसहयोग गर्ने अध्यक्ष अर्यालले बताए । वडा नं.८को आयोजना तथा वडा स्तरीय युवा सञ्जालको सहयोगमा वडा अध्यक्ष कप प्रतियोगिता संञ्चालन गरिएको छ । आज देखि सुरु भएको वडा अध्यक्ष कप फुटबल प्रतियोगिता माघ २४ गते सम्म संचालन हुने वडा स्तरीय युवा सञ्जालका अध्यक्ष दयाराम पौडेलले बताउनु भएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १०००० रुपैयाँ कप, मेडल, प्रमाण पत्र त्यस्तै द्धितीय स्थान प्राप्त गर्ने टिमलाई रु ५ हजार रुपैयाँ कप, मेडल, प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । शुक्रबार बाट सुरु भएको फुटबल प्रतियोगिता वडा स्तरीय युवा क्लबका अध्यक्ष दयाराम पौडेलको अध्यक्षता एवम वडा न ८का वडा अध्यक्ष बाबुराम अर्यालको प्रमुख अतिथि एंवम बाणगंगा नगरपालिका सदस्य सारदा परियार ,वडा सदस्य शैलेन्द्र बेल्वासे, जुना थारुको विशिष्ट आतिथ्यता त्यसैगरी टोलविकासका अध्यक्षहरुको आतिथ्यता लगायत समाजसेवी युवा स्थानियहरुको उपस्थीति मा फुटबल प्रतियोगिता उद्घाटन गरिएको आयोजकले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation