
कपिलवस्तु । दिध–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको पुर्व घोसित कार्यक्रमलाई सव्य र भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकको निर्णय अनुसार यहि मिति २०७९÷११÷०८ गते साहित्यक अवलोकन भ्रमण कपिलवस्तुका धार्मिक, ऐतिहासिक तथा साहित्य क्षेत्रहरुमा गर्ने र काव्य सन्ध्या होटल माछापुच्छेको हलमा गर्ने निर्णय गरेको छ ।
साथै उक्त बैठकले मिति २०७९÷११÷०९ गते राष्ट्रीय कवि गोष्ठी, रचना वाचन, श्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम होटल माछापुच्छेको हलमा बिहान १०ः०० बजे देखि गर्ने भएको छ । उक्त कार्यक्रममा देशभरका आधा दर्जन बढी वरिष्ठ साहित्यकारहरुलाई सम्मान गर्ने निर्णय भएको हो ।
कार्यक्रममा देशभर बाट सयौ साहित्यकारहरुको उपस्थिती रहने कुरा सस्थाका अध्यक्ष लेखनाथ घिमिरे “संयोग“ ज्युले जानकारी गराउनु भएको छ । साथै साहित्य प्रती रुचि राख्नु हुने सम्पुर्ण साहित्य मनहरुलाई उपस्तिथिको लागि संस्था का सचिब सुशील अर्याल ले आव्हान समेत गर्नु भएको छ ।