बेहुला बेहुली लिएर फर्कदै गरेको कार ट्रकमा ठोकियो

उपकार अनलाइन, सैनामैना ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहिको सालझण्डी र फारलाईन विचको जङगलमा बेहुला बेहुली लिएर फर्कदै गरेको कार दुर्घटनामा परेको छ ।

आज बिहान करिव ४ वजेको समयमा दुर्घटना परेका हो । लु ३ च ८९२ नम्वरको कार बाटो छेउमा रोकिराखेको लु २ ख ४३० नम्वरको ट्रकमा ठोकिएको थियो । कार पश्चिम बाट पूर्व तर्फ जादै थियो । दुर्घटनाबाट कारमा सवार बाँकेको राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया शुशिला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्च्मिको सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation