भैरहवा विमानस्थल आधा घण्टाभन्दा बढी समय अवरुद्ध, धावनमार्गमा राेकिएकाे जहाज हटाइयो

काठमाण्डाै । भैरहवा विमानस्थलको धावनमार्गमा रोकिएको जहाजलाई हटाइएको छ । जहाज हटेपछि विमानस्थल सामान्य बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

बिहान भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको जहाजमा समस्या आएपछि बीचबाटै फेरि भैरहवा फर्काइएको थियो । भैरहवा विमानस्थलमा अवतरणपछि जहाजको पाङ्ग्रा लक भएको थियो ।  पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न नसक्दा  आधा घण्टाभन्दा लामो समयसम्म विमानस्थलबाट कुनै उडान अवतरण हुन सकेन ।

श्री एअरलाइन्सअनुसार जहाजमा चालक दलका सदस्यबाहके ७६ जना यात्रु थिए । बिहान विमानस्थल अवरुद्ध हुँदा काठमाण्डौबाट भैरहवाका लागि छुटेको यति एअरलाइन्सको एउटा जहाज काठमाण्डौ नै फर्किएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation