कपिलवस्तुमा अब देखि राहादानीको सेवा बिहान ७ बजे देखि

कपिलवस्तु । राहदानी फारम भर्ने सेवालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रवार देखि बिहान ७ बजे देखि सो सेवा सुरु गरेको छ।

राहदानी फारम भर्नेको संख्या बढदै गए पछि अब देखि २ सिफ्टमा राहदानी फारम भर्ने सेवा प्रारम्भ गरिएको हो । राहदानीको सेवा समय विस्तार गरी प्रदान गरिने व्यवस्था मिलाएको प्रशासकिय अधिकृत श्री निर्मल पोख्रेलले बताए।  कार्यालयले उक्त सेवा दुई सिफ्टमा संचालन गर्ने गरी कर्मचारी व्यवस्थापन गरेको छ । पहिलो सिफ्ट बिहान ७ देखि बिहान ११ बजे सम्म र दोश्रो सिफ्ट बिहान ११ बजे  देखि साझ ६ बजे सम्मको सेवा सुभारम्भ गरिएको प्रजिअ शंकरहरि आचार्यले बताए।

प्रशासन कार्यालयले राहदानीको सेवालाई प्रत्यक्ष अनलाईन आबेदन फारम भर्ने ब्यवस्था गत बैशाख २२ गते देखि नै गर्दै आएको छ। यस अघि प्रशासन कार्यालय बाहिर फारम भर्दा सेवाग्राहीले १ हजार देखि ५ हजार सम्म तिरेर फारम भर्ने गरेको गुनासो गरेका थिए। २२ गते भन्दा पहिला सेवाग्राही स्वयमले उक्त फर्म भरी कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेको थियो। बाहिरबाट राहदानी फाराम भर्दा सेवाग्राहीले दुख पाएको तथा अनावश्यक खर्चिलो भएको गुनासो आए पश्चात कार्यालयबाट निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाएको प्रजिअ आचार्यले बताए।

सेवाग्राहीको चाप व्यवस्थापन गरि एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको छ । यसले सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने कार्यालयको विश्वास रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय बाणिज्य बैंकको विस्तारित सेवा संचालनको तयारी भएको प्रजिअ आचार्यले बताए । यसबाट राजश्व बुझाउन सेवाग्राहीले भोग्नुरेको झन्झट समेत कम हुने उनले बताए । सेवाग्राहीको चापलाई ध्यानमा राखी २०८० बैशाख १ गते, नयाँ वर्ष, बैशाख १८ गते (विश्व मजदुर दिवस) बुद्धजयन्ती २२ गतेका का दिन समेत नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह भएबाट सेवाग्राहीहरुले खुशी व्यक्त गरेका छन् । कार्यालयले शानिवार बाहेक अन्य सार्वजनिक विदाका दिन उल्लेखित सेवा प्रवाह गरिने विषयमा सार्वजनिक सूचना समेत जारी गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation