
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासा वनमा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। बनकसबासा– बुलाकिया मैनारी गाउँ जाने भित्री गोरेटो बाटो नजिकै डुम्री खोलाको उत्तर पट्टी किनारामा मृतक महिलाको शव फेला परेको हो ।
अन्दाजी ४० बर्षकी ती महिलाको पेट फुलको र अनुहार कालो अवस्थामा फेला परेको हो। शवलाई पातले छोपिएको स्थानीयबासी बताउँछन । महिलाको शवलाई परिक्षणका लागि तौलिहवा अस्पताल लगीएको छ । हालसम्म उनको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलले बताए ।