बाणगंगा १० द्वारा १४० डस्टबिन तथा ८० सुपरनेट झुल वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगाा नगरपालिका वडा नम्बर १० ले वडामा रहेका विभिन्न संघ सस्था र दलित परिवारहरुको लागि डस्टबिन र झुल वितरण गरेको छ । आज आइतवार एक कार्यक्रमका बिच वडामा रहेका विद्यालय, मस्जिद, मन्दिर, टोलबिकास संस्था, क्लबहरुलाई १४० वटा डस्टबिन तथा टोल विकास संस्थाले सिफारीस गरेका ८० दलित परिवारहरुको लागि सुपरनेट झुल वितरण गरिएको वडा सचिव शन्तोष चौधरीले रेडियो हर्ट विट संग बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलले वडा भित्र रहेका दलित समुदायहरुका समस्यालाई मध्यनजर गर्दै झुल वितरण गरिएको बताउनु भएको छ । उहाँले सहरबजार निकै प्रदुषित भैरहेको भन्दै आफ्नो वडालाई प्रदूषण मुक्त गराउनको लागि डस्टबिन वितरण गरिएको बताउनु भएको छ । वडाका हरेक समस्यामा आफु गम्भिर रहेको भन्दै वडावासीहरुले प्रत्यक्ष महसुुस गर्ने गरि काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

वडा अध्यक्ष यम प्रसाद पोख्रेलको अध्यक्षता तथा बाल सहजकर्ता बालकुमारी थारुको संचालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation