छत्रकोटमा महिला लक्षित ४० दिने व्यवसायीक ब्युटी पार्लर तालिम सुरु

गुल्मी ।   छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा महिला लक्षित कार्यक्रम अन्तरगत ४० दिने आधारभूत व्यवसायीक ब्युटी पार्लर तालिम सुरु भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघाको वडा कार्यालयमा संचालित तालिममा छत्रकोट ६ दौघाका १० जना महिलाहरुको सहभागीता रहेको छ । तालिमको सहजीकरण प्रशिक्षक गिता बुचाले गर्नुहुने भएको छ ।

छत्रकोट ६ का वडा अध्यक्ष नारायण रेस्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली रहनुभएको थियो । त्यसैगरी बिशिस्ट अतिथी कार्यपालिका सदस्य कमला ज्ञवाली रहनु भएको थियोे । यमुना अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रम मा वडा सदस्यहरु धर्मराज ढकाल , मिलन पछाई लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम को संचालन महिला बालबालिका शाखा छत्रकोट्का सीता बुढाथोकीले गर्नुभएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation