वृक्षारोपण गरेर बेल्वासेले मनाए जन्मदिन

उपकार अनलाईन, बाणगंगा ।
बौद्धिक एवं सामाजिक अभियान्ता बुद्धिसागर बेल्वासेले वृक्षारोपण गरी आफ्नो जन्मदिन मनाएका छन् । बाणगंगा–१, उत्तमनगर निवासी बेल्वासेले बोधिसत्व वृक्षारोपण अभियान अन्तर्गत आफ्नो जन्मदिनको अवसर पारेर शुक्रवार बाणगंगा–८, बोडगाउमा रहेको ओशो ध्यान आश्रम परिषरमा वृक्षारोपण गरी आफ्नो जन्मदिन मनाएका हुन् ।

बेल्वासेले ओशो ध्यान आश्रम वरपरको वातावरण सफा, स्वच्छ र हराभरा वनाउनका लागी जन्मदिनमा वृक्षरोपण अभियानले थप टेवा पु¥याउने अपेक्षा लिई वर, पिपल र स्वामीको विरुवा रोपेर जन्मदिन मनाएको वताउनुभयो । विरुवा रोपेर आजिवन स्वामित्व लिने गरी हुर्काएर ठुलो बनाएर चौपारी निमार्ण गर्ने गरी विरुवा रोपेको समेत वेल्वासेले जानकारी गराउनुभयो । फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा वृक्षारोपण तथा अन्य सामाजिक कार्य गर्नु उत्तम रहेको बेल्वासेकोे भनाई थियो ।

वातावरण सन्तुलन, संरक्षण, असल आचरण संस्कारलाई प्रोत्साहन, फलफुल जडिवुटी उत्पादन, शान्ति एकता र सद्भावको कामना गर्दै सभ्य समाज तथा मुलुक निमार्ण गर्ने उद्धेश्यका साथ स्वामी आनन्दरोडको आर्शिवाद र आर्शिवचन अनुसार बाणगंगा नगरपालिका भित्र जन्मदिन वा शुभकार्यमा १ लाख विरुवा रोपेर हुर्काउने अभियानमा रहेको समीर शायरले बताए ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation