
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा जेष्ठ नागरिक सम्मान र स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा भित्र रहेका ८० वर्ष नाघेका जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालई ख्याल गर्दै आज स्वास्थ्य परिक्षण सङ्गै सम्मान गरिएको हो ।
वडा नम्बर १ को आयोजना तथा उत्तमनगर आधारभुत स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न भएको स्गकार्यक्रममा खकार, ब्लड प्रेशर लगायत आवश्यक सामान्य स्वास्थय परिक्षण गरिनुका साथै आवश्यक औसधी समेत वितरण गरिएको उत्तमनगर आधारभुत स्वास्थ्य चौकी इन्चार्ज ईश्वरा खरेलले बताउनु भएको छ ।
वडा भित्र रहेका करिब ५० भन्दा बढि ८० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै प्रत्येकलाई निशुल्क झुल समेत वितरण गरिएको थियो । त्यस्तै करिब २० भन्दा बढि अन्य नागरिकहरले पनि स्वास्थ्य सेवा लिएका थिए ।
वडा नम्बर १ की महिला वडा सदस्य टोपकला वि.सी. को अध्यक्षता, राष्ट्रिय जेष्ठ नागरिक समाज वडा नम्बर १ वडा कार्य समिति अध्यक्ष हिमलाल भुसालको प्रमुख आतिथ्यता, वडा नम्बर १ का वडा सदस्यहरु सिता सुनार, राज कुमार थारु, वडा सचिव बिना खनाल, नमुना एकीकृत विकास परिषद स्वास्थ्य सेवा तौलिहवाका हरि प्रसाद चौधरी, उत्तमनगर आधारभुत स्वास्थ्य चौकी इन्चार्ज ईश्वरा खरेल, वरिष्ठ जेष्ठ नागरिक घुना देवि घिमिरे, सञ्चारकर्मी सुरेश क्षेत्री लगायतको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।