
जितपुर । कपिलवस्तुको बाणगंगामा नबिल बैँक लिमिटेडको शाखा बिस्तार हुने भएको छ । नेपाल राष्ट्र बैँकबाट क बर्गको ईजाजत पा्रप्त गरेको उक्त बैँकले बाणगंगावासिको आवश्यकता र मागलाई मध्यनजर गर्दै शाखा बिस्तार गरिएको नबिल बैँक लिमिटेड बाणगंगा शाखाका शाखा प्रमुख नारायण क्षेत्रीले बताउनुभयो ।
देशभर करिब २ सय ६० वटा शाखा बिस्तार गरेको उक्त बैँकको कपिलवस्तुमा मात्रै बाणगंगा सहित ३ वटा शाखा रहेको छ । गत पौष २९ गतेबाट बाणगंगाको वडा नम्बर १ बैरियाबाट अनौपचारिक रुपमा सेवा सुरु गरेको उक्त बैँकको औपचारिक समुद्धघाटन भने जेष्ठ १८ गते बिहीबार अर्थात भोली गर्ने गरि तयारी गरिएको शााखा प्रमुख क्षेत्रीले बताउनुभयो ।
बिहीबार बिहान ९ः३० बजेबाट सुरु हुने समुद्धघाटन समारोहमा उपस्थितीका लागि सम्पुर्णलाई शाखा प्रमुख क्षेत्रीले आग्रह गर्नुभएको छ ।