नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

कपिलवस्तु । स्नातक तह प्रथम बर्षको स्वागत तथा स्नातक तह चौथो बर्षको विदाई कार्यक्रम सम्पन्न भएको छ। स्नातक तह दोस्रो,तेस्रो र चौथो बर्षको आयोजनामा सोमबार एक कार्यक्रमको आयोजना गरी विधालयमा उक्त कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथ क्याम्पस संचालक समिति अध्यक्ष लंका बहादुर हमालले विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा प्रदान गरेकाले विदाइ भएर जाने विद्यार्थीहरुले कहिल्यै नबिर्सने बताए ।

त्यसतै कार्यक्रममा बोल्दै क्याम्पस संचालक समितिका उपाध्यक्ष नारायण ज्ञवालीले कलेज प्रति बधाई ज्ञापन दिदै आगामी दिनहरुको उज्वल भविष्यको कामना समेत ब्यक्त गरेका थिए,भने विधालयले सधैं व्यवहारिक र सिपमुलक शिक्षा मात्र प्रदान गर्न कुनै कमजोरी गर्न नहुने बताए ।

त्यसतै क्याम्पस प्रचार्य हेमराज शर्माले स्नातक तह प्रथम बर्षमा आउने विद्यार्थीलाई स्वागत गर्नुभएको थियो भने, स्नातक तह पार गरेर जाने विद्यार्थी भाईबहिनिहरुलाई आफ्नै क्याम्पसमा प्राध्यापक भएको देख्न पाउ, भनि शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रमकाे अध्यक्षतामा स्नातक चौथो बर्षको विद्यार्थी बिष्णुमाया गुरूङ गर्नु भएको थियो भने कार्यक्रम संचालन विधार्थी केशब बेल्बासेले गर्नु भएको थियो । कलेजमा पढ्ने विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation