राईजिङ्ग स्टार युवा क्लव कपिलवस्तु लिस्नु कप फुटबलको क्वाटर फाईनलमा प्रवेश

भैरहवा । राईजिङ्ग स्टार युवा क्लव कोटीहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

मंगलबार तिलोत्तमा कोटीहवास्थित पशुपति माबिको खेल मैदानमा सम्पन्न खेलमा सम्पुर्ण युवा क्लव तिलोत्तमा सुपौलीलाई ४–३ गोल अन्तरले पराजित गर्दै कपिलबस्तु शिबराजनगर पालिकाको राईजिङ्ग स्टारले क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो ।

राईजिङ्गका लागि  १५ औं मिनेटमा राम बहादुर बिएमले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ५० औ मिनेटमा चन्द्र पुनले, ६२ औं मिनेटमा राईजिंगका सन्दीप थारुले तथा ७३ औं मिनेटमा अरुण थारुले गोल गरेका थिए । सम्पुर्णका लागि २३ औं मिनेटमा मिशन दर्लामीले, ३२ औं मिनेटमा जया गुरुङ्गले, ५६ औं मिनेटमै याम गुरुङ्गले गोल गरेका थिए ।

लिस्नु युवा क्लवको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ र उप बिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सेमिफाईनलमा पराजित हुने दुई टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैया तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्बाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।

प्रतियोगितामा सोही स्थानकी श्रीमाया गुरुङ्गले आफना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लवले जनाएको छ ।

प्रतियोगिता अन्तरगत बुधबारको खेल सञ्जिबनी युबा क्लब तिलोत्तमा १४, बागधुरा तथा डि युनिटी क्लव देबदह खैरेनीबिच हुनेछ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation