चीनमा बस दुर्घटना २७ को मृत्यु, २० घाइते

छिमेकी मुलुक चीनमा भएको बस दुर्घटनामा २७ जनाको ज्यान गएको छ । कुइचौ प्रान्तको राजधानीबाट ७० किलोमिटर दक्षिणपूर्वमा रहेको सान्दु काउन्टीमा आज बिहान यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा २० जना घाइते भएको बताइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसमा ४७ जना यात्रु सवार थिए ।

चिनियाँ प्रहरीले उक्त प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा डरलाग्दो भएको बताएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको बताइन्छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation