निवर्तमान सांसद अग्रहरि एमालेमा प्रवेश

कपिलवस्तु । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य अमृत अग्रहरि नेकपा एमाले प्रवेश गरेकी छन् ।

निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी अग्रहरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार खादा र माला लगाएर पार्टी प्रवेश गराएको पार्टी उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

कपिलवस्तु जिल्लाकी अग्रहरि राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् । उनी जनता समाजवादी पार्टी विभाजनपछि तटस्थ बसेकी थिइन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation