छत्रपाली तिर्थादेवी माविमा बाल अधिकार चेतना समूह गठन

कपिलवस्तु । अनौपचनरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुले बुधवार मायाँदेवी गाउँपालिका वडा नं. १ स्थित छत्रपाली तिर्थादेवी मावि पकडीमा बाल अधिकार चेतना समूह गठन तथा परिचयात्मक कार्यक्रम गरेको छ ।

विद्यार्थीहरूको भेलाले राजकुमार धोवीको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार चेतना समूह गठन गरेको छ । जसको उपाध्यक्षमा साधना लोहार, सचिव बिष्णु बनिया, सह–सचिवमा अकिलेश यादव र कोषाध्यक्षमा दिपादेवी कुर्मी चयन भएका छन् । यस्तै सदस्यहरूमा सनीहार कोहार, पुजा चौहान, बिजय कुमार गडरिया, मधुमाला तेली , निरजरा चौधरी, अर्चना नाउँ, बिनेस यादव, नरेश कुमार चौधरी, प्रदिप चौधरी, प्रिति मिश्रा, सुमित्रा चाई, अमित कुमार मुराऊ, कृष्ण प्रसाद चौधरी, सोन्या मिश्रा चयन भएका छन् । विद्यालयका शिक्षक ज्ञानेन्द्र कुमार चौधरीलाई संरक्षक शिक्षकमा चयन गरिएको छ ।

No description available.

कार्यक्रममा मायाँदेवी गाउँपालिका –१ का वडा अध्यक्ष मोहम्मद इसाहाक मुसलमानले बालवालिकाहरुको अधिकार सुनिश्चितताका लागि समूह गठन गरेकोमा इन्सेकलाई धन्यवाद दिंदै बिद्यालय स्तरिय बाल अधिकार चेतना समूह गठनले बाल बालिकाहरुको क्षमता अभिबृद्धि हुने बताउनु भयो । बाल अधिकार चेतना समूहलाई संरक्षण, प्रवद्र्धनका लागि मानव अधिकार शिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष मुसलमानले बताउनु भयो । साथै नव गठित बाल अधिकार चेतना समूहका पदापधकारीहरुलाई आफू सचेत हुँदै समाज परिवर्तन गर्न सक्ने क्षमता अभिबृद्धिहोस् भन्ने शुभकामना दिंदै वडाबाट बालबालिकाहरुको लागि पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

No description available.

यस्तै छत्रपालि तिर्थदेवीका प्रधानाध्यापक नरेन्द्र बहादुर कुर्मीले बाल बालिकाहरूका समस्या समाधानकालागि सक्रिय रुपमा लागिरहेको बताउनु भयो । थप सचेती करण गराउनकालागि यस बिद्यालयलाई छनोट गरेकोमा इन्सेक कपिलवस्तुलाई धन्यवाद दिनु भयो । प्रधानाध्यापक कुर्मीले बाल अधिकार मैत्री नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने भएकोले यो अभियान स्वागत योग्य रहेको बताउनु भयो । यसैगरी मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले बालबालिकाहरु अनुसासित हुन आवश्यक भएको बताउनु भयो । बाल अधिकार चेतना समूह गठन गर्नुको मुख्य उद्देश्य शिक्षा, स्वास्थ्य, वातावरण र लैंगिंक बिभेदबारे बुझेर समस्या समाधानका लागि पैरवी गर्न सकुन भन्ने भएको बताउनु भयो ।

No description available.

कार्यक्रम मायाँदेवी गाउँपालिका स्तरिय मानव अधिकार समूहका अध्यक्ष सतिष प्रसाद पाण्डेयले बिद्यार्थी भाई बहिनीहरुले संबिधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य लगाएतका अधिकार प्राप्तिकालागि आवाज उठाउन आग्रह गर्नु भयो । बाल बालिकाहरुको अधिकार सुनिश्चित गर्न विद्यालय भित्र मात्रै नभई घर र समाजमा समेत बाल अधिकारका विषयमा सचेतना फैलाउन आग्रह गर्दै अधिकार र कर्तव्य दुवैलाई पालना गर्नुपर्ने बताउनु भयो । इन्सेक जिल्ला सहजकर्ता पार्वती आचार्यले कार्यक्रमको उद्देश्य तथा परियोजना सम्बन्धी जानकारी गराउनु भएको थियो । कार्यक्रममा मानव अधिकार समूहका अध्यक्ष सतिष प्रसाद पाण्डेयको अध्यक्षतामा वडा अध्यक्ष मोहम्मद इसाहाक मुसलमान, राष्ट्रिय अनुसन्धान कार्यालय अधिकृत महेश चौधरीको उपस्थिती रहेको थियो ।

यस्तै वडा कार्यालयका सचिव शिव कुमार बर्मा, प्रधानाध्यापक, शिक्षक सरस्वती उपाध्याय, मानव अधिकार समूह मायाँदेवीका सचिव सुन्दरी लोनिया, संचारकर्मी र बिद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन बिद्यालयका शिक्षक ज्ञानेन्द्र कुमार चौधरीले गर्नु भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation