तीन दिने निः शुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न

गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ रिडीमा सञ्चालित ३ दिने निः शुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट झण्डै २००० जना विरामीहरुले स्वस्थ्य सेवा लिएका थिए ।

रुरु क्षेत्र गाउँपालिकाको आयोजना तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल , नेपाल नेत्र ज्वती संघ , लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा, नेपाल औषधी व्यवसायी संघको सहकार्यमा शिविरको आयोजना गरिएको हो। समापन सत्रमा धारणा व्यक्त गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले उक्त शिविर बाट विभिन्न रोगका करिव २०३१ जना बिरामीहरुले स्वास्थ्य लाभ लिएको बताउनु भयो। उहाँले जटिल प्रकारका बिरामीहरुलाइ प्रत्यक्ष फाइदा पुगेको बताउदै शिविर अवधी भर विभिन्न क्षेत्र बाट सहयोग पुर्याउने महानुभाव विभिन्न संघ संस्था, सुरक्षा निकाय सहकर्मी साथिहरु, स्वास्थ संस्थाहरु, सहयोगी निकायलाई धन्यवाद दिनुभयो । यस्तै उहाँले आगामी दिनमा समेत यस्ता कार्यक्रम संचालन गर्दा सहयोग गर्न सवैलाई आग्रह गर्नु भयो। उहाले सबैको साथ सहयोग पाएमा गाउँपालिकाले आगामी दिनहरुमा पनि महिला शिविर आयोजना गरी सेवा प्रदान गर्ने बताउनु भयो।

शिविरमा ८६१ जनाले आँखा जाच गर्नुका साथै ४५० जनालाई चस्मा बितरण गरिएको थियो । यस्तै ३ दिन सम्म सञ्चालित शिविरमा २५७ जनाले पेटको प्ररीक्षण ,३७९ को मुटुको जाच २९५ जनाले इ सिजिको सेवा , २०५ जनाले इको सेवा १९६ जना स्त्री प्रसुति सेवा लिएको गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले जानकारी दिनु भयो ।

यस्तै समापन कार्यक्रममा विशिष्ट अतिथी नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौड्यालले स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयलाई गाउँपालिकाले पहिलो एजेन्डाकै रुपमा शिविर सञ्चालन गरेको उल्लेख गर्दै हरेक दुखी बिपन्न गरिब असहाय वर्गले सहजताका साथ सेवा लिएको देख्दा खुसी व्यक्त गर्नु भयो। उहाँले आगामी दिनमा शिविर सञ्चालन गर्दा थप कार्यक्रमका साथ अगाडी बढाउन सकिने बताउनु भयो।

कार्यक्रममा नेत्र ज्योती संघ केन्द्रिय सचिव भरत बहादुर चन्द्र , गुल्मी जिल्लाका सभापति शेर बहादुर थापा, रोग निवारण प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष अखिलेस्वर पाण्डे लगाएतको विशिष्ट आतिथ्यता रहेको थियो । वडा न १ का वडा अध्यक्ष नवराज बिकले स्वागत मनतब्य राख्दै शिविरले पाल्पा गुल्मी स्याङ्जा अर्घाखाँचीका जनताले सेवा लिएको बताउनु भयो । समापन सत्रमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्याल , स्वास्थ शाखा प्रमुख छत्रबहादुर अधिकारी, जन प्रतिनिधिहरु, संघ सस्थाका प्रमुख, सुरक्षा निकाय, पत्रकार, स्वास्थ कर्मी, महिला समूह लगायतको आथित्यता रहेको थियो । शिबिरमा योग्दान पुर्याउने विभिन्न महानुभाव तथा संघ सस्थालाइ सम्मान समेत गरिएको थियो । कार्यक्रमको दामोदर ज्ञवालीले सञ्चालनमा सम्पन्न भएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation