न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान टी–२० विश्व कपको फाइनलमा

काठमाण्डौ । न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । आज बुधवार सिड्नीमा भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हरायो ।

न्युजिल्यान्डले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र मोहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनाए । उसका लागि ड्यारी मिचेलले ५३ र केन विलियमसनले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले दुई विकेट लिए ।

टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । यी दुई टिमबीच अहिलेसम्म चार वटा सेमिफाइनल खेलमा भेट भएकोमा चारै पटक पाकिस्तानले जितेको छ ।

यसैबीच दोस्रो सेमिफाइनलमा भोलि बिहीवार भारत र पाकिस्तानबीच खेल्दै छन् । फाइनल खेल आउँदो आइतवार पौने २ बजे सुरु हुनेछ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation