विश्वकप क्रिकेट: दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड खेल्दै

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन् । खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।

भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो।

आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । फाइनल खेल आउँदो आइतवार पौने २ बजे सुरु हुनेछ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation