आर्मीलाई हराउँदै एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेटको च्याम्पियन

काठमाण्डौ । प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्बलले जितेको छ ।

त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । त्रिभुवन आर्मीले दिएको एक सय ८० रनको लक्ष्य एपीएफले ३८ ओभर तीन बलमा ६ विकेट गुमाएर भेटायो ।

एपीएफको जितमा भुवन कार्कीले ५५, सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, शरद भेषावकरले १६, आशिफ शेखले १४ र लोकेश बमले ८ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ३९ ओभरमा १ सय ७९ रनमा अल आउट हुँदै एक सय ७९ रन बनायो । ढिला सुरु भएका कारण खेल ४० ओभरमा झारिएको थियो ।

आर्मीका लागि रोहित पौडेलले ४९, जितेन्द्र मुखियाले २४ र सुशन भारीले १९ रन बनाए । एपिएफका र मौसम ढकाल र अमरसिँह राउटेलाले ३र३ विकेट लिए ।

प्रतियोगिताको विजेता बनेको एपीएफ क्लबले १० लाख रुपैयाँ तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँ पुरस्कार पायो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation