रूपन्देही २ मा विष्णु पौडेल ६५० मतले अघि

बुटवल । रूपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ६५० मतको अग्रता लिएका छन् ।

२७ हजार ७२५ मतगणना मत गणना हुँदा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १० हजार ५१४ मत ल्याएका छन् भने रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ९ हजार ८६४ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा सुर्यवंशीले ७ हजार ९९० मत ल्याएका छन् ।

रुपन्देही क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा ८१ हजार २०२ मत खसेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation