बाणगंगाको ठाकुरापुरमा भएको सडक दुर्घटनामा सिमलपानिकी न्यौपानेको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा स्कुटरको ठक्कर बाट आज एक महिलाको ज्यान गएको छ । ठाकुरापुर निवासी ५४ वर्षिय लक्ष्मी न्यौपानेको उपचारको क्रममा बुटबलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

बिहान ९ बजेर ४५ मिनेटको समयमा ठाकुरापुर स्थित तौलिहवा चारनम्बर सडकमा लु ७९ प ३६६० नम्बरको स्कुटरले ठक्कर दिदाँ न्यौपाने घाइते हुनुभएको थियो । उहाँलाई उपचारको लागि बुटबल लगिएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मृतक न्यौपानेको स्थाइ ठेगाना अर्घाखाँचीको शितगंगा १४ बौरी भएपनि विगत केहि समयदेखि ठाकुरापुर स्थित आफ्नै निवासमा बस्दै आउनुभएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation