बास नेपाल कपिलवस्तुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

उपकार अनलाईन, बाणगंगा ।

बास नेपाल कपिलवस्तु शाखाले भ्रष्टाचार विरुद्ध ज्ञापन पत्र बुझाएको छ । बुधवार सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल मार्फत प्रधानमन्त्रीलाई उक्त ध्यानाकर्र्षण तथा ज्ञापन पत्र बुझाइएको हो ।
देशमा पछिल्लो समय बढ्दै गएको भ्रष्टाचार विरुद्ध जिल्ला शाखा कपिलवस्तुकी उपाध्यक्ष मनिसा नगालको नेतृत्वमा प्रधानमन्त्रीलाई भ्रष्टाचार विरुद्ध ध्यानाकर्र्षण तथा ज्ञापन पत्र बुझाएको जनाएको छ ।

भ्रष्टाचार सामाजिक अपराध हो ,भ्रष्टाचारले लोकतान्त्रिक मूल्य , मान्यता , नैतिकता ,न्याय , कानुनी शासनका साथै देशको अर्थतन्त्रलाई कमजोर तुल्याउछ । हाल मुलुक भष्टाचारबाट आक्रान्त छ उक्त विज्ञप्तिमा भनिएको छ । भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिएका सम्पूर्ण व्यक्तिहरुलाई तत्काल पक्राउ गरि निष्पक्ष छानविन गर्न उक्त पत्र मार्फत माग गरिएको छ ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation