
प्रदिप ज्ञवाली, सैनामैना।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सैनामैना नगर कमिटी, रुपन्देहीको पाँचौ नगर अधिवेशन शनिबार मुर्गियामा सम्पन्न भएको छ ।
अधिवेशनले अमृता भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको अनेरास्ववियु नेता शिव न्यौपानेले जानकारी दिए । कमिटीको उपाध्यक्षमा जिवन न्यौपाने, सचिवमा रमेश पन्थी , कोषाध्यक्षमा बिष्णु पुरी,र सह–सचिवमा कृति कोइराला रहेका छन् भने अन्य सदस्य रहेको छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज लेखनाथ खनालले विद्यार्थीहरुले पढाइसँगै रचनात्मक कार्यलाई पनि जोड दिनुपर्ने बताए । रुपन्देही अध्यक्ष रमेश ढकाल र केन्द्रिय सदस्य सीमा घिमिरेले विद्यार्थीहरु व्यक्तित्व र नेतृत्व विकास एवम् विद्यार्थीको हकहितको रक्षाका लागि पनि अनेरास्ववियमा गोलबद्ध हुनुपर्ने बताए।
अनेरास्लववियु सैनामैना नगर कमिटीका अध्यक्ष पवन भुषालको अध्यक्षता, अनेरास्ववियुका नेता कार्यकर्ताको उपस्थितिमा उपाध्यक्ष अमृता भट्टराईको स्वागत तथा जिवन न्यौपानेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।














