सर्पले डसेका भलवाडका दिदीबहिनी नै बाच्न सकेनन्, परिवार शोकमा

कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको भने साँझ करिब ६ बजे मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्रबहादुर रानाले उपकार अनलाईन सगँ  सगँ बताउनु भएको छ ।

उनीहरुलाई गए राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताउनुभयो । सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्याहा उपचार हुन नसकेपछि उनीहरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको भएपनि दुबैको मृत्यु भएको छ ।

एकै घरका दुबै छोरीको मृत्यु भएपछि अहिले परिवार र सिङ्गो भलवाड नै शोकाकुल बनेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation