डा. कवीन्द्र बज्राचार्यको पहिलो म्यूजिक भिडियो “यचुगु मन” सार्वजनिक

काठमाडौं । डा. कवीन्द्र बज्राचार्यको नेपाल भाषाको पहिलो म्यूजिक भिडियो “यचुगु मन” सार्वजनिक भएको छ । माया प्रेमले भरिएको सो म्यूजिक भिडियोको रचना तथा स्वर डा। कवीन्द्र बज्राचार्यको रहेको छ ।

बिमला बज्राचार्यको प्रोडक्शनमा मुख्य कलाकारको रुपमा चर्चित कलाकार धिरेन शाक्य, ऋतु श्रेष्ठ तथा सहायक कलाकारको रुपमा पुष्परत्न बज्राचार्य, सान्बी बज्राचार्य, नगिना बज्राचार्यको अभिनय रहेको छ । बरिष्ठ संगीतकार हरि शरण साय्मिद्वारा संगीतबद्ध उक्त म्यूजिक भिडियोमा विश्वास बज्राचार्यको निर्देशन रहेको छ ।

सो म्यूजिक भिडियोमा चर्चित गायिका रत्न शोभा महर्जन, पुष्परत्न बज्राचार्य, दिपा महर्जनको कोरस रहेको छ । बौद्ध विद्वान, बरिष्ठ बाल नेत्र विशेषज्ञ तथा सह प्राध्यापक डा। कवीन्द्रको यस म्यूजिक भिडियो ज्योति म्यूजिक च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation