उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरात आमनेसामने हुने भएका छन्। ​

गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा खेल आज दिउँसो हुनेछ। नेपालसँग गुजरातको भेट यो तेस्रो पटक हो। नेपालले यसअघिका दुवै खेल जिेतको छ। नेपाल भने बरोडासँग ३७ रनकले पराजित हुन पुग्यो। गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गरेको थियो।

त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन्। यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा भएको थियो। नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो। नेपाल त्यहाँबाट ओमान जानेछ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation