पूर्वी गंगानगर टोल विकास संस्थामा नयाँ नेतृत्व चयन

सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ अन्तर्गत पूर्वी गंगानगरमा अवस्थित पूर्वी गंगानगर टोल विकास संस्थाको ८औँ साधारण सभा तथा ५औँ अधिवेशन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तम बहादुर पुर्जा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने सैनामैना नगरपालिका कार्यपालिका सदस्य मीरा क्षेत्री विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी वडा सदस्य कर्णबहादुर कार्की, रोहणी प्रसाद चौधरी तथा समाजसेवी लाल बहादुर क्षेत्रीको उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष मन बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव धनमाया खत्रीले गर्नुभएको थियो। कार्यक्रममा कोषाध्यक्ष पार्वती सिंजालीले संस्थाको आय–व्यय सम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो।

अधिवेशनले आगामी कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसअनुसार अध्यक्षमा धनमाया खत्री चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा राधिका गुरुङ, सचिवमा चन्द्रिका भट्टराई गौतम र कोषाध्यक्षमा कमला कुँवर चयन हुनुभएको छ। सदस्यहरूमा लाल बहादुर सुवेदी, बबिता बगाले, विष्णु कार्की, शोभा चौधरी र लक्ष्मी नेपाली रहनुभएको छ।

नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वक्ताहरूले टोल विकास संस्थाले स्थानीय विकास, सामाजिक एकता तथा सामुदायिक हितका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation