मुद्दा ब्यक्ति होइन-सिद्धान्तको हो- मोहन पि. एस.

सेखर गोल्छा प्रकरणले फेरि एउटा महत्वपूर्ण बहस जन्माएको छ। पहिलो कुरा—पैसा कमाउँदैमा, सफल हुँदैमा, कोही व्यक्ति स्वतः लुटेरा वा तस्कर ठहरिन्छ भन्ने मानसिकताबाट हाम्रो नेपाली समाज मुक्त हुन जरुरी छ।

कानुनको अधीनमा रही कर तिरेर सम्पत्ति कमाउनु जत्तिको सम्मानजनक र सुन्दर कुरा अरू केही हुँदैन। यस्ता व्यवसायीहरूले रोजगारी सिर्जना गर्छन्, अर्थतन्त्र चलायमान बनाउँछन् र देशको विकासमा टेवा पुर्‍याउँछन्।

तर, यदि कसैले गलत तरिकाले—कर छलेर वा गैरकानुनी माध्यमबाट सम्पत्ति आर्जन गरेको प्रमाणित हुन्छ भने, उसले कानुन अनुसार कारबाही भोग्नैपर्छ। त्यसमा कुनै सम्झौता हुनु हुँदैन।

साथै, यदि अघिल्ला सरकारहरूले यस्ता कार्यलाई प्रोत्साहन वा संरक्षण दिएको हो भने, त्यो पनि गलत हो र त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्छ।

अन्ततः, मुद्दा व्यक्ति होइन—सिद्धान्तको हो।
निष्पक्ष, पारदर्शी र कानुनी न्याय सुनिश्चित हुनु नै सबैभन्दा आवश्यक कुरा हो।
कानुन बलियो हुन पर्‍यो
अरु गौड हुन !

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation