प्रथम शान्ति दिप कप फुटवल प्रतियोगिताको तयारी पूरा, शनिबारबाट खेल सुरु हुँदै

सैनामैना । रुपन्देहीको सैनामैनामा आयोजना हुन लागेको सैनामैना नगरपालिकास्तरीय ७–ए–साइड नकआउट फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरि क्लबले जानकारी गराएको छ ।

सैनामैना वडा नं ३ मा रहेको शान्ति दिप क्लबको आयोजनामा प्रथम शान्ति दिप कप फुटवल प्रतियोगिता भोली शनिवार देखि संचालन हुदैछ । क्लबका अध्यक्ष श्री दर्लामीले सम्पुर्ण तयारी पूरा भएको र भोलीदेखि प्रतियोगिता संचालन हुने बताउनु भयो । यही बैशाख १९ गते देखि २७ गते सम्म सैनामैना ३ स्थित खेल मैदानमा संचालन हुने खेलको तालिका समेत क्लबले सार्वजनिक गरेको छ । विभिन्न वडाहरूको सहभागिता रहने यस प्रतियोगितालाई वडास्तरीय प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको हो।

स्थानीय खेलप्रेमी युवाहरूको सक्रियतामा आयोजना हुन लागेको प्रतियोगिताले नगरस्तरमै खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताको बिजेताले नगद ३० हजार, कप र प्रमाण पत्र पाउने छन भने उपविजेताले नगद २० हजार, कप र प्रमाण पत्र हासिल गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्दै छन ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation