झापा ५ मा केपी ओली भारी मतान्तरले विजयी

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन्।

ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी पराजित भए। अधिकारीले जम्मा २३ हजार ७ सय ४३ मत ल्याएका छन्। ओलीले २८ हजार सात सय ४३ मतान्तरले चुनाव जितेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याएका छन्। ओली २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation