रामापुरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

सैनामैना। सैनामैना नगरपालिकाको रामापुर माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका ४२३ जना विद्यार्थीहरु लाई कक्षा १२ का बिद्यार्थीहरुले एक समारोहक‍ो आयोजना गरि स्वागत गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन ज्ञवालीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई प्रधानाध्यापकले अविर र प्रमुख अतिथिले खादा लगाई स्वागत गर्नुभएको थियोे ।

उक्त समारोहमा शुभकामना मन्तब्य राख्दै विद्यालय ब्यबस्थापन समिति अध्यक्ष जीवन ज्ञवालीले रामापुर मा वि बिद्यार्थीहरुको रोजाइ हुनुको प्रमुख कारण शिक्षकहरुको मिहिनेत र गुणस्तरीय शिक्षण सिकाई क्रियाकलाप भएको बताउनु भयो साथै बिद्यार्थीहरुलाई सिकाई संग सम्बन्धित आवस्यक सम्पूर्ण सुविधा उपलब्ध गराउन समिति तयार रहेको कुरा बताउनु भयो ।

No description available.

विशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापकले कृष्णप्रसाद पौडेलले धेरै विद्यार्थीहरुले रामापुर मा वि लाई विश्वास गरि भर्ना भएकोमा हार्दिक स्वागत गर्दै अनुसाशित रुपमा अध्ययन गरि उच्च सफलता हासिल गर्न शुभकामना ब्यक्त गर्नुभयो। कार्यक्रम कक्षा १२ का विद्यार्थी शिवम घिमिरेको अध्यक्षता अमृत वि क र वर्षा घर्तीको सञ्चालन र कृतीका सुवेदीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे।

No description available.

कार्यक्रमको संयोजन कक्षा १११२ का संयोजक रमेश ज्ञवालीले गर्नुभएको थियोे। कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation