प्रथम मोतिपुर फुलबारी फुटबल कप सुरु, चौवाहको विजयी सुरुवात

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ७ मा प्रथम मोतिपुर फुलबारी कप, खुल्ला नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । क्लवले विजया दशमि तथा शुभ दिपावलीको अवसर पारेर मंगलबार देखि फुटबल प्रतियोगिता सुरु गरेको हो ।

मोतिपुर प्रगतिशिल युवा क्लवले आयोजना गरेको प्रतियोगितामा १६ टिम सहभागी छन् । मंगलबार सम्पन्न उद्घाटन खेलमा साइनिङ स्टार युथ क्लब बाँसगढी रुपन्देही र सिद्धार्थ गौतम युथ क्लब चौवाह कपिलवस्तु बिच सम्पन्न भएको खेल संयोजक सन्दिप क्षेत्रीले जानकारी दिएका छन् । उद्घाटन खेलामा बासगढी बिरुद्ध एक शुन्यको जित सहित चौवाहले बिजयी सुरुवात गरेको छ । आफ्नो टिमको जितका लागि चौवाहका निरज बिकले एक गोल गरेका हुन । मंगलबार भएको खेलमा साइनिङ स्टार युथ क्लब बाँसगढी रुपन्देहीका रविन थापा म्यान अफ दि म्याच भएका छन् ।

यस्तै अब बुधवार हुने पहिलो खेल थ्री ब्रर्दस फुटबल क्लब चप्परगाउँ कपिलवस्तु र आहाना एफसी देवीनगर बुटवल बिच हुने संयोजक क्षेत्रीले जानकारी दिएका छन् । बुधवारको दोस्रो खेल लब नेपाल एफसी पिपरा कपिलवतु र पारिजात पब्लीक स्कूल गोरुसिँगे बिच हुने छ । प्रतियोगिता अन्र्तगत बुधवारको पहिलो खेल दिउसो १ बजे र दोस्रो खेल दिउसो ३ बजे हुने छ ।

जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने दोस्रो हुने टोलीले नगद ३० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।

उद्घाटन कार्यक्रममा मोतिपुर प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष राजेश उपाध्यायको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी र मोतिपुर खानेपानी उपभोक्त तथा सरसफाई समुहका अध्यक्ष शेषकान्त बेल्वासेको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रम प्रियङ्का थारुको संचालनमा सम्पन्न भएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation