सियारी गाउँपालिकाद्धारा समाजमा योग्दान पुर्याएका ८ जनालाई सम्मान

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले विभिन्न विधाबाट समाजमा टेवा पुर्याएका व्यक्तिलाई सम्मान गरेको छ । गाउँपालिका भित्र स्थायी ठेगाना भई शिक्षा, स्वास्थ्य, रोगजार, समाजसेवा र पर्या पर्यटन क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका ८ जनालाई सम्मान गरेको हो ।

गाउँपालिकाले सामाजिक विधाबाट सियारी ६ का भवानी शंकर सापकोटा, शिक्षा बिधाबाट सियारी २ का डा. रामप्रसाद आचार्य, सामाजिक तथा शिक्षा विधाबाट सियारी ६ का भरत अर्याल, सामाजिक तथा शिक्षा बिधाबाटै सियारी ७ का सुन्दर प्रसाद गुप्ता, महिला विकास बिधाबाट सियारी ४ की विना सुवेदी, स्वास्थ्य बिधाबाट डा. बिष्णु पौडेल, खोज अनुसन्धान तथा स्वास्थ्य सेवाबाटै सियारी ४ का डा. बिष्णु मरासिनी र पर्यापर्यटन विधाबाट सियारी ४ का गौरब गौतमलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

उनीहरुलाई संबिधान दिवसको अवसर पारेर लुम्बिनी प्रदेशका प्रमुख अमिक सेरचनले सम्मान र दोसल्लाले सम्मान गरेका थिए । सम्मान पछि बोल्दै प्रदेश प्रमुख सेरचनले नेपालको संबिधान संसारकै उत्कृष्ट संबिधान भएको उल्लेख गर्दै यसको कार्यन्वयनमा लाग्नै सबै पक्षलाई आग्रह गरे ।

May be an image of 12 people, people sitting, people standing and indoor

प्रदेश प्रमुख सेरचनले संबिधान निर्दिष्ट गरेका कुरालाई कार्यन्वयन गर्न सके नेपालको आर्थिक, सामाजिक, राजनैतिक तथा सास्कृत पक्षको बिकास भई मुलुकको बृहत्तर विकास हुने बताए । संविधानकै कारण तपाई सम्पुर्ण नागरिकले आफ्नै घरदैलोमा सरकार भेटाउन पाउनु भएको छ, यही सरकारले नागरिकका समस्या बुझेर सम्बोधन गर्दै पनि आएको छ प्रदेश प्रमुख सेरचनले भने लोकतन्त्रको मसिया ठान्ने देशका संबिधानले पनि यती राम्रो गरी सम्बोधन गर्न सकेको छैन। प्रदेश प्रमुख सेरचनले आफ्नो राजनीतिक यात्राका क्रममा कहिल्यै पनि लाभका लागि काम नगरेको उल्लेख गर्दै नागरिकलाई सर्वोपरी ठानेर काम गर्न सबैलाई आग्रह गरे ।

May be an image of 7 people and people standing

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बिभिन्न क्षेत्रबाट सियारीको पहिचानमा टेवा पुर्याएका व्यक्तिलाई सम्मान गरिएको बताए । अध्यक्ष घिमिरेले शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक तथा महिलाका क्षेत्रबाट समाजका लागि बिशेष योगदान पुर्याएका ८ जनालाई सम्मान गरिएको बताउदै यस कार्यले सियारीको गरिमा बढाउने अपेक्षा लिएको बताए । उनले सियारीको उन्नयनमा टेवा पुर्याउने व्यक्तिाई निरन्तर सम्मान गर्दै जाने बताए ।

May be an image of 7 people and people standing

प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेको स्वागत र लेखा अधिकृत नारायण पौडेलको सञ्चालनमा भएको कार्यक्रममा समाजसेवी भवानी शंकर पाण्डे, मेगनाथ शर्मा, बिना सुवेदी, सुर्यनारायण यादव, डा। रामप्रसाद आर्चाय, वडा नम्बर ५ का अध्यक्ष धनपती खरेल, नेकपा एसका नेता श्रीराम यादव लगाएतले बोल्दै सियारीले सामाजिक उत्तरदाहित्व अन्तरगत उल्लेखनिय कार्य गर्दै आएको बताए ।

May be an image of 7 people, people sitting and people standing

सो अवसरमा संविधान दिवसको अससरमा आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम, द्धितिय, तृतिया र सान्त्वना भएका शिक्षक तथा शिक्षिकालाई पुरस्कार वितरण गरिएको थियो ।

May be an image of 6 people, people sitting, people standing and indoor

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation