फर्किएन आमा दसैं तिहारमा

कविताः श्यामकुमार क्षेत्री ‘मुस्कान’

म फर्किएन आमा यो साल पनि दशै तिहारमा ।
लगाइ दिनु टीका र जमरा भित्ताको तस्वीरमा ।।
आउँदा नजिक चाड पर्व कहाँ थ्यो र बस्ने रहर ।
फर्किन्छु आमा तिरेर ऋण अबस्य एकदिन घर ।।

हे आमा म त आए परदेशी ठाँउमा फर्किन्छु भनेर ।
दिनरात गन्दै बसि होलिन आमा आउने दिन गनेर ।।
नहेर्नु है आमा बाटो डाँडा पारी छोरा आयो भनी ।
म आउन पाउदैन यो दसै तिहार न बस्नु दिन गनि ।।

तिर्नु छ ऋण किन्नु छ घरवारि फर्किएर आउछु तब ।
गर्दैछु मेहनत मैले आमाको सपना पूरा हुन्छन् जब ।।
साथीहरू जम्मा भएर गर्छन् होला रमाइलो कति ।
भुलेर रङ्गी चङ्गी बाध्यतामा बसेका छन् म जति ।।

आउँदा रमाइलो चाडबार्ड हुन्छ नरमाइलो मेरो मन ।
बगाएर पसिना कमाउदै छु केही जहिले यहाँ धन ।।
सुक्यो ज्यान मेरो रुँदा रातदिन चेहरा बदली गयो ।
चिन्तै चिन्ताले गर्दा परदेशमा आधा जीवन भयो ।।

लेखक, नौबहिनी गा,पा ८ बल्लेखोला प्यूठानको हुनुहुन्छ
हाल कार्यरत भारत

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation