देशमा मुल्य वृद्धि बढ्योः श्यामकुमार क्षेत्री ‘मुस्कान’

गजल

देशमा मुल्य वृद्धि बढ्यो लगानी बढ्यो !
कहाँ छन् जंगल हराभरा फडानी बढ्यो !!

हरायो नि मौलिकता परम्परा हिजोआज !
यहाँ दुई बित्ताकै लुगामा आम्दानी बढ्यो !!

जोगाउन गाह्रो हुने भयो यहाँ छोरी चेली !
मौसम फेरिए झैँ गरि यहाँ जवानी बढ्यो !!

इज्जतकै ख्याल पो गर्दैनन् चिन्ता लाग्छ !
र,त पहिला भन्दा देशमा कहानी बढ्यो !!

छैनन् रोजगार स्वदेशमा बस्नु कसरी पो !
बिदेश जाने युवाहरूको राजधानी बढ्यो !!

✍🏻श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा,पा ८ बल्लेखोला प्यूठान
हाल भारत

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation