चार्डपर्वका अवसरमा पुस्तकालयद्धारा शुभकामना आदान प्रदान

कपिलवस्तु । श्री बाणगङ्गा सामुदायिक पुस्तकालय जीतपुरले आज नियमित बैठकमा आउदै गरेको हिन्दुहरुका महान चार्ड बडादशै, शुभ दिपावली, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।
संस्थाको नियमित बैठक अन्र्तगत आउदै गरेका चार्ड पर्वको अवरमा सम्पूर्ण पाठक तथा सबै नेपालीहरुमामा सु–स्वास्थ्य, दिर्घायु र समृद्धिको कामना गरिएको छ । संस्थाका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता, साहित्यकार ॠषिकेशब भारद्वाजको प्रमुख आतिथ्यता, उपाध्यक्ष दोलख बहादुर पछाई स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गत भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा नेपालकै पहिलो पुस्तकालय पशुपति प्रताप पुस्तकालय तौलिहवाले गरेको आर्थिक सहयोग र सम्मान प्रती कृतज्ञता प्रकट गर्दै आगामी दिनमा समेत हाम्रो पुस्तकालयका लागि मार्गदर्शकको रुपमा सहयोग प्राप्त हुने आशा राख्दै सस्थाले आभार प्रकट गरेको छ ।

संस्थाका सचिब बुद्दी सागर बेल्बासेको सन्चालनमा भएको कार्यक्रममा संस्थाका लेखा संयोजक धर्मराज घिमिरे ,सल्लाहकार सागर प्रसाद श्रेष्ठ , जानका पन्थी, ब्यबस्थापक चित्रा भन्डारी, सदस्य अनन्त राज रेग्मी, राधिका आचार्य, कृष्ण प्रसाद खनाल, चन्द्रकला बर्तौला लगायतको यपस्थिती रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation