लायन्स दिदिबहिनीकी संस्थापक गैरेको जन्मदिन विपन्न परिवारका विद्यार्थी सँग

कपिलवस्तु । आजकाल जन्मदिन लाई निक्कै भड्किलो बनाउने प्रचलन बढिरहेको छ । तर यसको लिस्टमा लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीकी संस्थापक अध्यक्ष लक्ष्मी गैरे भने पर्नुभएको छैन । संस्थापक अध्यक्ष गैरेले आज (सोमबार) परेको आफ्नो जन्मदिनमा बाणगंगा नगरपालिका २ राजपुरमा रहेको कपिलवस्तु आधारभुत विद्यालयका विपन्न परिवारका विद्यार्थी सँग आफ्नो जन्मदिन मनाउनु भएको छ ।

लायन्स क्लब अफ कपिलवस्तु दिदिबहीनीकी अध्यक्ष सीता न्यौपाने कंडेलको अध्यक्षता, विद्यालय संचालक समितिका अध्यक्ष जयलाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरीएको कार्यक्रममा विद्यालयका अति विपन्न परिवारका १५ जना विद्यार्थीहरुलाई कापी, कलम, ब्याग जस्ता शैक्षिक सामाग्री प्रदान गरीएको थियो ।

जन्मदिन पर्ने गैरेले आफ्नो जन्मदिन देशका कर्णधार विद्यार्थीहरु सँग मनाउन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको थियो । विद्यार्थीहरु सँग आफुले जन्मदिन मनाउन पाउँदा आफु सन्तुष्ट भएको बताउँदै अबका दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै विद्यालय संचालक समितिका अध्यक्ष जयलाल भण्डारीले गैरे लाई जन्मदिनको शुभकामना दिदै आफ्नै विद्यालय लाई रोजेर शैक्षिक सामाग्री वितरण गरेको भन्दै धन्यवाद दिनुभएको थियो । साथै अवका दिनमा पनि यस्ता हातहरु अझै बढ्नेमा आफुहरु विश्वस्त रहेको पनि बताउनु भएको थियो ।

स्थापना काल देखी नै समाजमा उदाहरणीय कार्य गर्दै आफ्नो राम्रो पहिचाल बनाउन सफल भएको लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनीको समुहले समाजका हरेक कार्यहरुमा अग्र पङ्तीमा रहेर काम गर्दै आएको छ ।

क्लबका पदाधिकारी, विद्यालय संचालक समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, विद्यालयका कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रममा क्लबकी उपाध्यक्ष रितु खनालको स्वागत तथा क्लबकी सदस्य पार्वती खड्काको संचालनमा सम्पन्न भएको थियो ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation