श्यामकुमार क्षेत्री ‘मुस्कान’को गजल दशैंको शुभकामना

गजल

हर्ष अनि उल्लास आओस् शुभकामना दशैंको
दुख र पीडा सब हराओस् शुभकामना दशैंको

लिई आओस् खुसीका बहार चाडबाडले घरमा
सब परिवारले प्रेम पाओस् शुभकामना दशैंको

काटेर खसी,गरेर रमाइलो आफन्त इष्टमित्रहरू
हरपल खुसी उमंग छाओस् शुभकामना दशैंको

विकृतीहरू हटाई स्वच्छता बन्दै जाओस् देशामा
अब शान्तिको गीत गाओस् शुभकामना दशैंको

परदेशीहरू घर घरमा फर्किदै छन् हाँसी खुसी हुँदै
खुसियालीको साथ मनाओस् शुभकामना दशैको

श्यामकुमार क्षेत्री ‘मुस्कान’
नौबहिनी गा,पा–८, बल्लेखोला प्यूठान
हाल कार्यरत भारत

 

© 2023 Upakar Online All right reserved Design & Devloped By : Himal Creation