सुरक्षित गर्भपतनको सेवा स्थानीय स्वास्थ्य संस्थामै उपलव्ध हुने

गुल्मी। सन्तान कहरले होईन रहरले जन्माउ भन्ने मुलनाराका साथ गुल्मीको छत्रकोट गाउँपालिका २ अवस्थित पल्लिकोट स्वास्थ्य चौकीमा १० हप्ता सम्मको औषधीबाट सुरक्षित गर्भपतन सेवा शुभारम्भ भएको छ।

गाउँपालिकाले संस्थाकी अ.न.मी. रुकमणी राकशलाई सम्बन्धी तालिम व्यवस्था गरी पालिकामा सुचिकृत भए पश्चात् गाउँपालिकाको स्विकृती पछि यो सेवा प्रारम्भ भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले बताउनु भयो। स्थानीय स्वास्थ्य संस्थामै सुरक्षित गर्भपतनको व्यवस्था गाउँपालिकाले गरेको भन्दै वडाबासीहरुले खुसी व्यक्त गरेका छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation