श्यामकुमार क्षेत्री ‘मुस्कान’ खै किन यसरी बदलिन्छ मान्छे

गजल

मनमा बसी पीडा दिन्छ मान्छे !
खै किन यसरी बदलिन्छ मान्छे !!

देखायो मानव भै दानवको रूप !
हिजोको दुःख बिर्सिन्छ मान्छे !!

यहाँ जिन्दगीको थाहा छैन मूल्य !
कसरी स्वयंलाई चिन्छ मान्छे !!

मैले जिन्दगी आफैँ बिक्रीमा राखेँ !
भएन मूल्य कस्ले किन्छ मान्छे !!

गाउँ शून्य भै सके कसरी बसूँ म !
हिजोआज विदेशमा भेटिन्छ मान्छे !!

श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा,पा ८ प्यूठान
हाल भारत

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation