टी–२० विश्व कपमा जिम्बावेले आयरल्यान्डलाई हरायो

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावेले आयरल्यान्डलाई हराएको छ । होबार्टमा भएको खेलमा जिम्बावेले आयरल्यान्डलाई ३१ रनले हराएको हो ।

जिम्बावेले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४३ रनमात्र बनाउन सक्यो । आयरल्यान्डका लागि कर्टिक क्याम्फेरले २७, जर्ज डोक्रेल र ग्यारेथ डिलेनीले २४र२४ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्लेसिङ मुजराबानीले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन बनायो । जिम्बावेका लागि सिकन्दर राजाले ८२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जोशुवा लिटिलले तीन विकेट लिए ।

यो जितसँगै समूह ुबीु मा रहेको जिम्बावे दुई अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation