बझाङमा जीप दुर्घटना ६ जनाको मृत्यु १६ जना घाइते

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा छ जनाको ज्यान गएको छ ।

चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाएकामध्ये चार जनाको परिचय खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको ज्यान गएको हो ।

यस्तै दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेको सूचना अधिकारी अवस्थीले बताउनुभयो ।

सु प प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जीप सडकबाट तल भिरमा खसेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation