गुल्मीको रिडीमा आठौ भजन महोत्सव हुदैं

गुल्मी । रुरु धार्मिक सेवा सन्चार प्रा.लि.ले को आयोजनामा आठौ भजन महोत्सव तथा भजन प्रतियोगिताको हुने भएको छ । मंसिर १२ गते विवाह पंचमीको पुनित अवसरमा कार्यक्रम गर्न लागेको हो ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि दोहोरो शङ्ख बजाउने प्रतियोगिता, करोड दीप प्रज्वन, जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान, उत्कृष्ट कृषक सम्मान , असल बुहारी सम्मान , उत्कृष्ट बिद्यार्थी सम्मान, दाता सम्मान , दुना टपरी प्रतियोगिता, शिखा सुत्र प्रतियोगिता अन्तर्गत शिखा सुत्र प्रतियोगिता, विभिन्न पाठ पारायण तथा विविध कार्यक्रम गर्ने सस्थाका अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो।

भजन प्रतियोगितामा प्रथम पुरस्कार रु ११ हजार र प्रमाणपत्र , द्धितिय पुरस्कार रु ७ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रु ५ हजार र प्रमाण पत्र तथा सान्त्वना पुरस्कार रु २ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जानमारी गराएको छ । साथै सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ । यसै गरि शङख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार रु १५०० र प्रमाणपत्र द्धितिय पुरस्कर रु १ हजार र प्रमाणपत्र , तृतीय पुरस्कार ७ सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २ जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ । यस्तै दुना टपरी तर्फ प्रथम हुनेलाइ रु २ हजार र प्रमाणपत्र द्वितीय हुनेलाइ रु १५ सय र प्रमाणपत्र, तृतीय हुनेलाइ रु १ हजार प्रमाणपत्र, सान्त्वना हुनेलाई रु ५ सय दुई जनालाई प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै शिखा शुत्र प्रतियोगिता ८ वर्ष देखि २५ सम्म १५०० हुदै ५०० सम्म पुरस्कार यस्तै २५ बर्ष देखि ५० सम्मको पुरस्कार १५ ००सय देखि ५०० सम्म यस्तै ५० देखि माथिल्लो उमेर समुहका लागिपनि पुरस्कारको रकम राखिएको छ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका ४, ५ र ६ वडा सम्म्का जेष्ठ नागरिक ,कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ नागरिक रिब्दीकोट गाउँपालिका १ र २ का ८४ बर्ष पुगेका र सत्यवती गाउँपालिका अस्लेवा १ र २ का जेष्ठ नगरिक संमान गरिने छ । साथै सम्पुर्ण सम्मानित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रा.लि.का अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभयो ।

रुरुधाम रिडीमा कार्यक्रम अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भन्डाराको समेत व्यवस्था गरिने, सम्पुर्ण पितृहरुको सम्झना गर्दै श्रीमत भागवत महापुराण पाठपारायण बेद पाठ चण्डी पाठ शिबजिको पुजा , ग्रहसान्ती समेत गरिने, कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिने रुरु अनलाईन सन्चार प्रा लिका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो । कार्यक्रम रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा गरिने छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation