शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुले भन्योः विद्यालय खोल्दा कारवाही हुदैन

कपिलवस्तु । शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुले नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गराउदा कुनै कारवाही नहुने जनाएको छ । संघिय शिक्षा ऐन तथा नियमावलीमा विद्यालय खोली पठनपाठन गराउदा कारवाहीको ब्यवस्था नरहेको स्पष्ट पारेको हो ।

कपिलवस्तु विद्यामन्दिर वाणगंगा ८ लौगाइका प्रिन्सीपलले शैक्षिक क्यालेन्डरमा भएको विदाको समयमा विद्यालय संचालन गरेवापत विद्यालयलाई कारवाही हुनेनहुने बारे शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुमा निवेदन दिएका थिए । उक्त निवेदनको जवाफमा समन्वय इकाइ कपिलवस्तुले संघिय ऐनमा विद्यालय खोली पठनपाठन गराउदा कुनै पनि कारवाही नहुने कपिलवस्तुका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरेले पत्र मार्फत जानकारी गराउनुभयो ।

यसअघि वाणगंगा नगरपालिका शिक्षा शाखाले नगरको विद्यालय बन्द गर्ने निर्णय कार्यन्वय नगर्ने विद्यालयलाई कारवावाही गर्ने चेतावनी दिएको थियो । शैक्षिक क्यालेन्डर अनुसार नगरको शिक्षा शाखा, विद्यालयका प्रिन्सीपल सरोकारवालाकै समन्वयमा दशैतिहारको विदा एकै चोटि दिने निर्णय भएको थियो । उक्त निर्णयको अवज्ञा गर्दै केहि संस्थागत विद्यालयहरु दशै पछिनै संचालनमा आएपछि नगरपालिकाले शैक्षिक संस्था तिहार अघि संचालन नगर्न धम्कीपूर्णपत्र काटेको थियो ।

नगरपालिकाको उक्त पत्रबारे सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भएका थिए । मौसम अनुकुल रहेको समयमा विद्यालय संचालन गर्दा नगरलेनै विद्यालय बन्द गर्न चेतावनी दिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation