श्यामकुमार क्षेत्रीको तिहार ‘कविता’

उपकार अनलाईन, रुपन्देही ।
‘कविता’

वर्ष र दिनको घुमेर आयो तिहार खुसी छन् आज
खुसीको साथ उमंग लिएर आयो टुपुक्क समाज
दिदि बैनी उनेर माला तयार गर्छिन् मिठास बोली
लगाएर टीका शिरमा टोपी चिटिक्क हुन्छौं भोलि

गर्नलाई पूजापाठ सबैले बिहानै उठेर नुहाउने छन्
जलाएर दियो दिदी र बैनीहरू घरमा आउनेछन्
दाजुभाइ दिदिबहिनी भैलो खेल्दै खुसी हुनेछन्
गर्दै रमाइलो हुँदै खुसी मिठो बोलीले हिया छुनेछन

ओखर फर्दै दिदी र बैनी जनै सुपारीका दाना दिने
हुन्छ समस्त दाजुभाइ परेर खुट्टा आशिर्वाद लिने
सिँगारी हाम्रो चिटिक्क पार्छिन मुहार दिदी बैनी
खुसी हुँदै गईन्छ राती खेल्नलाइ साथीहरू भैली

सयौं पुरानो संस्कार हाम्रो अझै चलेको देख्छु उस्तै
छन् पिर विदेश बस्ने सबैजनाको हुँदैन सँगै त्यस्तै
दिदि बैनी हुनेहरूले निधारमा टीका लगाउद छन्
दिदि बैनी नहुनेहरूले गहभरी आँसु बगाउद छन्

✍🏻श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा,पा ८ बल्लेखोला प्यूठान
हाल कार्यरत भारत

© 2023 Upakar Online All right reserved Design & Devloped By : Himal Creation